
उदाहरणका लागि सबै पालिकामा अस्पताल । भवन बनाइएको छ न उपकरण छन् न दक्ष चिकित्सक ?’, नेपालको प्रश्न छ । उनले प्रत्येक पालिकामा अस्पताल बनाउनुको साटो एक जिल्लामा दुईवटासम्म स्तरीय अस्पताल भए नागरिकले सेवा पाउन सक्ने बताए । ‘तराईको एक जिल्लामा दुई वटा मात्र राम्रो अस्पताल भए बरु त्यो प्रभावकारी हुन्छ’, नेपालको भनाइ छ ।
उनले नेपालको विकासका लागि कृषि र वन र खानिजन्य उद्योगहरूलाई प्राथमिकता दिनुपर्ने बताए । अध्यक्ष नेपालले उद्योगहरू खोल्न र सञ्चालन गर्न निजी क्षेत्र उत्साहित हुन नसक्नुको कारण खोज्न सक्नुपर्ने बताए ।नीजि क्षेत्र किन उत्साहित हुन सकेको छैन ? यसबारेमा गहिरो कारण खोज्नुपर्छ’, अध्यक्ष नेपालले भने, ‘नेपालको अर्थतन्त्रको मुख्य शक्ति भनेको कृषि हो । नेपालको इन्जिन अफ ग्रोथ जलविद्युत र पर्यटन हो । जलविद्युतका क्षेत्रमा केके समस्या छन् त रु त्यसका लगानीकर्ताले कस्तो समस्या महसुस गरिरहेका छन् ? यसको समाधान खोज्नुपर्छ ।’