वीरगञ्ज - प्याब्सनमा आबद्ध वीरगञ्जका २६ वटा विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीहरूको सहभागितामा आयोजित प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा गौतम स्कुल, मुनलाईट स्कुल, जीवन ज्योति स्कुल, मनकामना स्कुल, वीरगञ्ज पब्लिक स्कुल र गोल्डेन फ्यूचर स्कुल अन्तिम चरण (फाइनल) सम्म पुग्न सफल भएका थिए। फाइनलमा मुनलाईट स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्न सफल भयो। दोस्रो स्थान जीवन ज्योति स्कुलले प्राप्त गर्यो भने तेस्रो स्थान गोल्डेन फ्यूचर स्कुल र चौथो स्थान मनकामना स्कुलले प्राप्त गरे। विजयी विद्यार्थी टोलीहरूलाई शिल्ड र मेडल प्रदान गरिएको थियो। कार्यक्रम प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा प्याब्सन मधेश प्रदेश अध्यक्ष गणेश साहको उपस्थिति रहेको थियो। त्यस्तै, इनौभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ता, मुनलाईट स्कुलका निर्देशक सुलभ केसी, प्याब्सन पर्साका सचिव अमित आलोक, डा. हरिशंकर र शर्मानन्द कुशवाहा लगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक प्याब्सन वीरगञ्ज अध्यक्ष, प्याब्सन मधेश प्रदेश सदस्य तथा प्याब्सन केन्द्रीय सदस्यको विशेष पहलमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन छेडुप लामाले गरेका थिए।
ADVERTISEMENT

