
उनले विगतमा अत्यधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरू गलत नीतिका कारण र निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिँदा बन्द भएको बताए । यादवले बन्द भएका उद्योगहरू कसरी सञ्चालन गर्ने भनेर १६ औँ पञ्चवर्षीय योजनामा नराखिएको बताए । उनले नयाँ उद्योगहरू खोल्ने र लगानी गर्ने वातावरण कसरी सिर्जना गर्ने ? भन्ने कुरा पनि प्राथमिकतामा नपरेको बताए ।
उपप्रधानमन्त्री यादवले प्राथमिकता दिँदा शैक्षिक, आर्थिक रूपले अति छाडि परेका विपन्न वर्ग र मानवीय जीवनमा समेत मानवीय रूपमा बाँच्न नसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताए । उनले योजना आयोगले पुरानो तौरतरिकाबाट अघि बढेर योजना बनाउन आवश्यक रहेको बताए । सङ्घीयता कमजोर भएर प्रदेशलाई अपाङ्ग बनाएर विकास हुन नसक्ने बताए । उनले १६ औँ पञ्चवर्षीय योजनामा सनातनी र परम्परागत योजनाहरू रहेको बताए ।