वीरगंज - वीरगंज महानगरपालिका वडा नम्बर १६ (नगवा) का दुई जना सक्रिय सामाजिक युवा किरन चौरसिया र अनिल यादव आज औपचारिक रूपमा जनमत पार्टीमा प्रवेश गरेका छन्। नगवा युवा समाजका पूर्व अध्यक्षसमेत रहेका उनीहरूलाई मधेस प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंहले पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्।
जनमत पार्टीले देशभर युवाहरूलाई संगठनमा जोड्ने नीतिअन्तर्गत उनीहरूको आगमनलाई विशेष उपलब्धिका रूपमा लिएको छ। पार्टी पर्सा अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार, “सचेत र जागरूक युवाहरूको पार्टी प्रवेशले वडा नम्बर १६ मा संगठन बलियो बनाउनेछ।”
जनमत पार्टीले युवाहरूलाई राजनीतिमा सक्रिय बनाउने उद्देश्यका साथ भेला, प्रशिक्षण र अन्तरक्रिया कार्यक्रमहरू गाउँ–सहरस्तरसम्म विस्तार गर्दै आएको छ। पार्टीका सामाजिक मुद्दामा स्पष्ट धारणा र मैदानमै सक्रिय उपस्थिति युवाहरूलाई आकर्षण गर्ने प्रमुख कारक बनेको सर्राफको भनाइ छ। यसप्रकारको प्रवेशले जनमत पार्टीको संगठन सुदृढ बनाउँदै आगामी निर्वाचन रणनीतिमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।