नेपालगञ्ज । नेपालगञ्जस्थित मंगल प्रसाद (एमपी) माध्यमिक विद्यालयका शिक्षकहरुले आफ्ना छोराछोरीलाई सोही विद्यालयमै पढाउने भएका छन् ।उक्त विद्यालयमा अध्यापनरत शिक्षकहरू चन्द्रदेव प्रसाद यादवले आफ्नो छोरा शिवम यादव र राजेश कुमार वर्माले आफ्नो छोरी खुशी बर्मालाई यसै शैक्षिक सत्रदेखि सोही विद्यालयमै पढाउने भएका हुन् ।
आफ्ना बालबच्चालाई नयाँ भर्ना गराउने निर्णय गर्ने दुई जना शिक्षकलाई विद्यालयले सम्मान गरेको प्रधानाध्यापक सन्ध्या गुप्ताले बताइन् । सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने गरेका छन् । उनीहरुको यो निर्णयको प्रशंसा भएको छ ।