
अनुसन्धान र कानुनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन् धेरै समस्या थपिएको भन्दै उनले कानुनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने बताए । उनले सम्पत्ति रोक्का गरेर तत्काल कानुन बनाएर सो सम्पत्तिलाई बेचबिखन गरी फिर्ता गर्न सुरुवात गरिने बताए ।
उनले सरकारले यस सम्बन्धमा निर्णय नै गरिसकेको बताए । उनले चाँडै नै फरार रहेका, प्रमाणित भएका, ठगी गरेका मानिसहरूको सम्पत्ति रोक्का गरेर त्यसबाट पीडितहरूलाई न्याय दिने क्रमको सुरुवात हुने बताए ।गृहमन्त्री लामिछानेले सहकारीको पैसा ठगेका र हाल सो पैसा तिर्छु भन्नेहरूका लागि पनि पैसा तिर्ने अवसर दिनुपर्ने बताए ।