पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
zeenepal
२०८१ बैशाख १४,
9
Shares
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताएकी छन् शुक्रबार ललितपुरमा आयोजित ‘नेशनल कल्सल्टटिभ वर्कशप अन न्युट्रेसन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोषणको क्षेत्रमा सरकारले बजेट बढाउनुपर्ने बताएकी हुन् ।
सभापति राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । उनले बालबालिकाको पोषणको आधारमा भविष्यमा कस्तो नागरिक हुन्छन् भन्ने निक्र्यौल हुने भन्दै उनीहरूको पोषणका निम्ति राज्यले ध्यान दिनुपर्ने बताइन् ।
उनले पोषणलाई सरकारको प्राथमिकतामा पार्नको निम्ति स्थानीय तहदेखि नीतिगत तहसम्म पहल जरुरी रहेको बताइन् । उनले पोषणका सम्बन्धमा सरकारको विभिन्न रणनीतिहरू भएको उल्लेख गर्दै रणनीतिको कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने बताइन् ।सभापति राणाले आफू कृषि क्षेत्रमा पनि सरकारले बजेट बढाउनुपर्छ भन्ने पक्षमा रहेको बताइन् ।