काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा ब्याजदर घटेको र वाह्य क्षेत्रमा आएको सुधारले आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउने आधार सिर्जना भएको बताएका छन् ।नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले उच्च रेमिट्यान्स आप्रवाह र वैदेशिक व्यापार घाटा घटेकाले चालु खाता तथा शोधनान्तरस्थिति बचतमा गएको बताए । जसले तरलता बढाउन सहयोग पुगेको र कर्जाको ब्याजदर घटाएको उनको भनाइ छ ।
तथापि, सरकारको पूँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य संख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक माग भने शिथिल भएको अधिकारीले बताए ।
खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएका छन् ।आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको छ,’ अधिकारीले भने, ‘२०८० फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ ।’
यद्यपि, २०८० फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कुल निक्षेपको २८.४१ प्रतिशत रहेको र कुल पूँजीकोष जोखिम भारित सम्पत्तिको १२.४४ प्रतिशत रहेकालेबैंक तथा वित्तीय संस्था सुदृढ अवस्थामा रहेको उनको भनाइ छ ।
ADVERTISEMENT

