
भट्टराईले विविधतायुक्त देशमा सबै मिलेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । ‘म जुन जिल्लामा जन्मिएको हुँ त्यहाँ अहिले पनि हिउँ परिरहेको छ । अहिले म जहाँ बोल्दै छु । यो ठाउँमा असाध्यै गर्मी छ । नेपालको विशेषता नै यही हो । नेपाल हिमाल, पहाड र तराईको देश हो,’ उनले भने, ‘मैले संसदमा प्रतिनिधित्व गरेको जिल्ला ताप्लेजुङका दिदीबहिनी, दाजुभाइ, आमाबुबाहरूले अहिले पनि बाक्लो पोसाक लगाइरहनु भएको छ । यहाँ पातलो पोसाकले पनि गर्मी भइरहेको छ । नेपालको विशेषता नै यही हो ।’गरिबी, अशिक्षा, पछौटेपनबाट देशलाई मुक्त गर्दै शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने एमालेको उद्देश्य रहेको भट्टराईको भनाइ छ ।