नेपालगन्ज १४ जेष्ठ ।बलात्कारविरुद्ध कडा कानुन बनाउन र उजुरीको हदम्याद हटाउन माग गर्दै बाकेका युवाले शुक्रबार दबाब ¥याली निकालेका छन् । उनीहरुले ब्युटी पेजेन्टको नाममा किशोरीमाथि बलात्कार गर्नेलाई कडा कारबाही गर्नु पर्ने माग गरे ।
विद्यार्थीहरुले बलात्कारका केसमा हदम्याद हटाउनु पर्ने पिडीत लाइ चाडै न्याय दिनुपर्ने , बालिका र महिलाको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने बताए ।महिलाको सम्मान गर ,महिलाको अधिकार संमरक्षण गर ,भन्दै युवाहरुले सरकारले यो आवाज सुन्नुपर्छ भन्दै नारा लगाएका थिए ।बाकेका रहेका युवा अभियान्ता ,क्याम्पसका विद्यार्थी सामूहिक रुपमा दबाब ¥याली निकालेका थिए ।
उनीहरूले जिल्ला प्रशासन बाके अगाढी प्रदर्शन गरे ।प्रदर्शनको अगुवाइ गरेका विद्यार्थीहरूले बलात्कारविरुद्ध चाहियो कडा कानुन, महिला हिंसा अन्त्य गर, बलत्कारीलाई पक्राउ गर, बालिका र किशोरीको सुरक्षाको ग्यारेन्टी गर, बलात्कारविरुद्धको हदम्याद हटाऊ लगायत नारा लगाएका थिए ।विरोध प्रदर्शनको अगुवाइ गरेका युवा अभियान्ता प्रकाश कुवरले बलात्कार र महिला हिंसा अन्त्यका लागि सरकारलाइ दबाब दिन विरोध प्रदर्शनमा उत्रिएको बताए ।
ADVERTISEMENT