काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा कांग्रेसका सांसदहरूले बैठक अवरुद्ध पारेका हुन् । सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अध्यक्ष नारायणप्रसाद दाहालले अनुमति दिन लागेसँगै कांग्रेसका सांसदहरू उठेर विरोध जनाएका थिए । संसदमा प्रतिपक्षले उठाएका मुद्दा सरकारले नसुनेको भन्दै कांग्रेसले विरोध जनाएको हो ।
आम नागरिकले जम्मा गरेको रकम हिनामिना, अपचलन र दुरुपयोग भएको तथ्य नेपालीको चासो, चिन्ताको विषय भएकाले उपप्रधान तथा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेको छ ।