काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक श्रावण ३१ गतेदेखि सुरु भई आज पाँचौं दिन पनि पार्टी केन्द्रीय कार्यालय, काठमाण्डूमा निरन्तर जारी रहेको छ। बैठक पार्टी अध्यक्ष श्री राजेन्द्र महतोको अध्यक्षतामा सञ्चालन भइरहेको छ।
बैठकमा पार्टीका महासचिवहरू श्री मिनमार तामाङ, श्री सन्तोष मेहता र श्री अनिल महासेठ, कोषाध्यक्ष श्री नरेन्द्र बज्राचार्य, प्रवक्ता श्री रबिन्द्र कुमार श्रेष्ठ, सह–महासचिवहरू श्री जयलाल साह, मोहम्मद नेजामुद्दीन समानी, श्री रबि दत्त मिश्र र श्री राजेश पुनमगर, सचिवहरू श्री फोनिराम चौधरी, श्री संजय कुमार चौधरी तथा मोहम्मद हुसेन खानको सक्रिय सहभागिता रहेको छ। त्यसैगरी, पार्टी अनुशासन समिति अध्यक्ष श्री संजय कुमार सिंह र निर्वाचन समिति अध्यक्ष श्री अरुण कुमार सिंहले आ–आफ्ना प्रस्तावहरू बैठकमा प्रस्तुत गरेका छन्।
प्रस्तुत प्रस्तावहरूमा उपस्थित सदस्यहरूले आ–आफ्ना विचार तथा धारणा राख्ने क्रम निरन्तर जारी रहेको बैठक स्रोतले जनाएको छ।

