जसपा बाँके अध्यक्ष र उप-मेयर समेत रहेका राई उपेन्द्र समुहमा,
zeenepal
२०८१ बैशाख २८,
6
Shares
नेपालगन्ज : जनता समाजवादी पार्टी, नेपाल बाँकेका अध्यक्ष कमरुद्धिन राईले आफु उपेन्द्र यादवकै साथमा रहेको प्रष्ट्याएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका उप-मेयर समेत रहेका राईले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधानिक रुपमा दल दर्ता भएको हुँदा आफ्नो पार्टीले केन्द्रीय समितिको निर्णय अनुसार सर्वोच्च अदालतमा कानुनी कारवाहीको लागी मुद्धा प्रक्रियामा जाने भएकाले अदालतको आदेश आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताए ।
अदालतको फैसला हाम्रो पक्षमा आएमा, कसैको बहकाव,लोभ लालच एवंम अन्य कुनै कारणले कुनै पनि निर्वाचित जनप्रतिनिधीले निर्वाचन आयोगमा गई सनाखत गरेको खण्डमा निर्वाचित जनप्रतिनिधीकोहरुको पद स्वतः खारेज हुने भएकोले जनता समाजवादी पार्टी, नेपालमा रहेका सम्पुर्ण निर्वाचित जनप्रतिनिधीहरु सचेत रहन पनि आवहान गर्दछौं ।
जनता समाजवादी पार्टी, नेपाल बाँकेका जिल्ला समितिका सम्पुर्ण नेता कार्यकर्ता आफ्नो गौरवशाली पार्टी पहिचान वादी, संघियताका सर्जक मधेश मसिहा उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालमा नै एकतावद्ध रहेको बताएका छन् ।
वर्तमान अवस्थामा पार्टीलाई थप मजबुत र एकताबद्ध भएर पहिचान र संघियतालाई सबल बनाउनु पर्ने, विभिन्न आन्दोलनका बिर सहिदहरुको सपना साकार पार्नुपर्ने हो तर संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएको साथै जनता समाजवादी पार्टी, नेपालका बहुमत केन्दीय सदस्यहरु दलप्रति प्रतिबद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितीका व्यक्तिहरु निर्वाचन आयोगमा गई अवैधानिक निवेदनको आधारमा दल विभाजन गरेकोले यस्ता गैरजिम्मेवारी कार्यको जनता समाजवादी पार्टी, नेपाल बाँके जिल्ला कार्य समिति घोर भत्र्सना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।
जसपाबाट अलग भएर केहीदिन अघि मात्र अशोक राईको नेतृत्वमा एउटा समुहले जनता समाजवादी पार्टी नामक दल निर्वाचन आयोगमा दर्ता गराएको थियो । नव गठित पार्टीमा बाँके निवासी तत्कालिन जसपाका केन्द्रिय नेता एवम् पुर्वमन्त्री मोहम्मद ईस्तियाक राई महासचिव छन् ।