
‘नयाँ कयौँ कुरा आएका छन् । शिक्षा, श्रम, खानेपानी, कानुन मन्त्रालयमा तपाईं हेर्न सक्नुहुन्छ । गृहमा हामीले सबै तहका प्रहरी कर्मचारीहरूको सेवानिवृत्त समयलाई पुनरावलोकन गर्ने कुरा आयो । अनुमानयोग्य बढुवाका कुरा नयाँ आएको छ ।
खुला जेल जहाँ श्रम गर्न सकिने, उद्योग गर्न सकिने कुरा आएका छन् । कतिपय पुराना कुराको निरन्तरता छ । तर धेरै नयाँ कुराहरू आएका छन्,' लामिछानेले भने, 'मूल कुरा कार्यान्वयनको चरणमा जाने कुरामा हामीले ध्यान दिनुपर्छ । सिद्धान्त र प्राथमिकतासँग नीति, कार्यक्रम मिल्नुपर्यो । नीति, कार्यक्रमसँग बजेट मिल्नुपर्यो । यो सिलसिला जुन छ, यसपटक पूरा नहेरी अहिले भन्न सकिँदैन । सिद्धान्त र प्राथमिकतादेखि सिलसिलेवार रुपमा आएर कार्यान्वयनको चरणमा जान्छ, त्यतिखेर चाहिँ प्रश्नहरू सान्दर्भिक होलान् ।’संसद्मा जारी विवाद र अवरोधबारे कांग्रेसले नै जवाफ दिनुपर्ने लामिछानेको भनाइ थियो ।