
चुनावी घोषणा पत्रको आधारमा काम गर्नसमेत उनले सुझाएका छन् । ‘घोषणा पत्रलाई संकल्पपत्रको रूपमा बुझ्न जरुरी छ,’ उनले भने,‘जवाफदेही, पारदर्शी भएर काम गरौं । अब अरुका कारण काम गर्न सकिएन भन्न पाइँदैन । जनताले मत दिएका छन् । त्यसको सम्मान गर्नुको विकल्प छैन ।’
हेटौंडाको मेयरमा सत्तारुढ गठबन्धनकी उम्मेदवार मीना लामा र उपमेयरमा राजेश बानियाँ विजयी भएका थिए । लामा नेकपा (एस) र बानियाँ कांग्रेसबाट विजयी भएका हुन् ।