काठमाडौं पुस,। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।यो दाबी पेश गर्न नेकपा माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका नेताहरु शितल निवास पुगेका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका कांग्रेसका पूर्व नेता अमरेशकुमार सिंह, पूर्व एमाले नेता प्रभु साह पनि शितल निवास पुगेका छन् ।
तस्वीरहरु : प्रचण्डको सचिवालय ।
ADVERTISEMENT