काठमाडौं । सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको हो ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विभिन्न चरणमा छलफल भएर १६औं योजना पारित गरेको जानकारी दिइन् ।
आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।