काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अधिवक्ता दीपेन्द्र झाले राजीनामा दिएका छन् ।जसपा नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा एउटा समूह निस्केर जनता समाजवादी पार्टी गठन भइसकेको छ । सो पार्टी फुटाउनमा अधिवक्ता समेत रहेका झाको हात रहेको आरोप लागिरहेको बेला उनले राजीनामा दिएका हुन् । यही बिचमा जसपा नेपालको तर्फबाट सर्वोच्च अदालतमा दायर रिटमा समेत विभाजनबारेमा आफूलाई जोडिएपछि बहसमा उपस्थित नभएको उनको भनाइ छ ।
उनले राजिनामापत्रमा भनेका छन्, ‘विपक्षी बनाइएका केही नेताहरूसँग मेरो सम्बन्ध रहेको र उनीहरूको कैयौँ मुद्दा मेरो ल फर्मबाट हेरिने भएकोले स्वार्थ बाझिने हिसाबले मैले कुनै पक्षमा पनि बहस गर्न उचित ठानिनँ ।आफू एक जना कानुन व्यवसायी भएको नाताले स्वार्थ बाझिने र अविश्वास भएको मुद्दाबाट आफूलाई अलग गर्नु आफ्नो पेसागत धर्म रहेको झाको भनाइ छ ।

