प्रचण्डले मागे माओवादी मन्त्रीले गरेका राम्रा कामको विवरण
zeenepal
२०७९ असार २३,
6
Shares
काठमाडौं २३ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुसँग आफूले गरेको कामको विवरण माग गरेका छन् ।बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधनका क्रममा उनले एक हप्ताभित्र आआफ्नो मन्त्रालयमा भएका राम्रा काम र समस्याको विवरण माग गरेका हुन् ।
अध्यक्ष प्रचण्डले पार्टीबाट मन्त्री भएकाहरुले गरेका राम्रो कामको प्रचार गर्न भन्दै विवरण माग गरेका हुन् ।वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल उर्जामन्त्री, देवेन्द्र पौडेल शिक्षामन्त्री, शशी श्रेष्ठ भूमि व्यवस्था मन्त्री, महेश्वर गहतराज युवा तथा खेलकुदमन्त्री र बोधमाया कुमारी यादव शिक्षा राज्यमन्त्री छन् । अर्थमन्त्री रहेका जनार्दन शर्माले भने बुधबार राजीनामा दिएका थिए ।