
उनका अनुसार सोमबार दिउँसो र्याली साढे २ बजे कुपण्डोलस्थित हनुमानस्थान नजिकैबाट सुरु भएर हिमालयन होटेल, पाटन ढोका, चाकुपाट, इमुखेल चिलरेन्ड पार्क हुँदै नाग बहाल, धौगल, माहापाल चोकबाट मंगलबजार चोकमा पुग्नेछ ।यस्तै पूर्वराजाको मन्दिर दर्शन सम्पन्न भएपछि पुनः मंगलबजार चोकबाट माहापाल , गाबाहल , पुल्चोक , जावलाखेल वीरेन्द्र सालिक हुँदै पुनः पुल्चोक भएर कुपण्डोलसम्म मोटरसाइकल र्याली पुग्ने उनको भनाइ छ ।