वनमन्त्री सुडीको सम्पत्ति विवरणमा १२ बोरको राइफल पनि !
zeenepal
२०८१ जेष्ठ ८,
9
Shares
काठमाडौं । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले आफ्नो सम्पत्ति विवरणमा हातहतियारको विवरण समेत सार्वजनिक गरेका छन् ।मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दा जसपाका नेता समेत रहेका सुडीले आफूसँग १२ बोरको राइफल बन्दुक रहेको उल्लेख गरेका छन् ।
सुडीको ९ वटा घर छन्, ५ वटा घर श्रीमती साबित्री देवी साह सुडीको नाममा छ भने ३ वटा मन्त्री सुडीको आफ्नै नाममा छ । एउटा घर शैलेशकुमार साहको एउटा घरमा छ । मन्त्री सुडी र उनको परिवारको नाममा १५ ठाउँमा जग्गा छ ।
श्रीमती सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी छ । यो सबै विवाह गर्दा ससुराली र बुबा आमाबाट उपहारस्वरुप प्राप्त भएको विवरणमा उल्लेख छ ।सुमित कुमारसँग ३५ तोला सुन, माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मंजु साहसँग २८ तोला सुन छ ।मन्त्री सुडीको विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद मौज्दात पनि छ । परिवारका अन्य सदस्उयका नाममा पनि बैंक मौज्दात छन् ।जानकी फन पार्र्कमा मञ्जु साहको नाममा १ करोड २५ लाखको सेयर पनि छ ।