
एमाले प्रमुख सचेतक समेत रहेका महेश बर्तौलाले टीओआरमा मध्यविन्दु खोज्न दुवै पक्ष सहमत भएको बताए ।आजको छलफलमा हामी धेरै विषयमा अगाडि बढेनौँ । तर असहमतिका विषय न्यारोडाउन गर्न भने सहमत भयौँ’, बर्तौलाले भने, ‘मिडप्वाइन्ट खोज्न सहमत भयौँ ।’ उनले कार्यदलका सदस्यहरूले आआफ्ना नेताहरूसँग आन्तरिक छलफल गरेर पुन बैठक बसेर सहमति हुने बताए । ‘आन्तरिक छलफल गर्ने र त्यसपछि पुन कार्यदल बैठक बस्ने सहमति भएको छ’, बर्तौलाले भने, ‘छलफल अत्यन्त सकारात्मक भएको छ । कार्यदलमा सहमति गरेर हाउसको गतिरोध पनि अन्त्य गर्ने सहमति भएको छ ।कांग्रेसबाट कार्यदलमा सहभागी नेता जीवन परियारले सहमति कसरी जुटाउन सकिन्छ भनेर साझा बिन्दु खोज्ने काम भएको बताए । ‘आज पनि हामीले जे भन्दै आएका थियौँ, त्यही कुरा उठायौँ’, परियारले भने, ‘यस विषयमा साझा सहमति कसरी जुटाउन सकिन्छ भन्नेमा छलफल भयो ।’