काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यमा सहयोग गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यस अगाडि नीति तथा कार्यक्रम संसदबाट पारित हुनुपर्ने बाध्यकारी प्रावधान रहेको स्मरण गराए । यो बाध्यकारी प्रावधानमा विपक्षी दलहरु लचिलो हुनुपर्ने उनले बताए ।
ADVERTISEMENT

