पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।बुधबार मुख्यमन्त्री नियुक्त भएपछि उनले कांग्रेसकै सांसद विन्दुकुमार थापालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका हुन् । थापाले बुधबार नै शपथ लिनेछन् ।
कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका उपनेता थापा प्रदेशसभाको अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा कानुन मन्त्री बनेका थिए । उनले यसअघि पाण्डे नेतृत्वको सरकारमा पनि मन्त्री बन्न प्रयास गरेका थिए ।थापालाई अर्थमन्त्री बनाउनेबारे पनि चर्चा थियाे तर राप्रपालाई पनि फकाउने गरी प्रमुख मन्त्रालय अहिले मुख्यमन्त्री पाण्डे आफैंले राख्ने भएका कांग्रेस स्रोतले बताएको छ ।