प्रधानमन्त्रीलाई रविको कटाक्ष : तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पताल जाने ?
zeenepal
२०८० जेष्ठ १०,
6
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैसँग बयान लिनुपर्ने बताएका छन् ।सरकारको नीति तथा कार्यक्रममाथि बुधबार भएको छलफलमा रास्वपा सभापति लामिछानेले तीन पार्टी बसेर खासखुस गरेको गन्ध संसदसम्म आएको बताए ।
त्यसलाई रोक्नुपर्ने भन्दै उनले भने, ‘कसैको नाम आएपछि हिलो लाग्छ भनेर रेड कार्पेट ओछ्याइदिनुस्, तर प्रहरी कार्यालयमा लगेर बयान लिनुपर्छ ।एकाएक वेपत्ता भएका व्यक्ति बयान सकिएपछि संसदमा देखिएको र मिडियामा तामातुलसी गर्दै कसम खाएको दृश्य देखिएको उनले बताए । यो प्रकरणमा जस्ता–जस्ता मान्छेको नाम क्रमशः आउँदैछ, उनीहरुलाई एकपटक पनि बयानका लागि नबोलाउँदा अविश्वासको वातावरण सिर्जना भएको उनले बताए ।प्रधानमन्त्रीले मुटु कमाउँदिनँ भनेपनि त्यस्तो नदेखिएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीजी, अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने हो भन्नुस् । काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ ।’