
उनले भने,‘दलहरूको बिचमा जुन प्रकारको प्रतिद्वन्द्वीता, प्रतिष्पर्धा र अविश्वसनीयताहरू बढ्दै गएका छन् । रातभरमा नै दलहरूले समीकरण परिवर्तन गर्ने, आज यता समर्थन गरेको दलले भोलि उतातिर गर्ने मात्रै होइन, प्रधानमन्त्री आफैँ समीकरण परिवर्तन गर्दै हिँड्ने । यसको प्रकारको जुन गतिविधिहरू बढिराखेको छ । प्रतिनिधिसभाको नै मध्यावधि निर्वाचन हुनसक्ने सम्भावनाहरू देखिराख्या छ ।अध्यक्ष लिङ्देनले देश ठुला दलहरूले कमजोर बनाएकाले आफूहरूले त्यसको विकल्प खोज्नुपरेको जिकिर पनि गरे ।