नेपालगञ्ज १३ असार। राप्रपा बाँकेले जिल्ला कृषि ज्ञान केन्द्र नेपालगञ्जमा ताला लगाएको छ । किसानलाई मल, बिउ उपलब्ध गराउनु पर्ने, गतवर्ष आएको बेमौसमी बाढीले पुर्याएको धानबालीको क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेर राप्रपाले कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेको हो ।
राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, इन्दिरा शाही, सलाउद्दिन जसगढलगायतका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै कृषि ज्ञान केन्द्रमा तालाबन्दी गरेका हुन् ।मल, बिउ उपलब्ध गराउनुपर्ने, गतवर्ष धानबालीमा भएको क्षतिको राहत दिनुपर्नेलगायतका माग राखेर एमाले, बाँकेले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको थियो ।
ADVERTISEMENT