विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेड क्वाटर, सुनसरीको १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका तर्फबाट अस्पताल निर्देशक डा. राजेश नेपालले हस्ताक्षर गरी एक एक प्रति आदानप्रदान गरेर सम्झौताको औपचारिक सुरुआत गरेका थिए । सहमति पत्रमा साक्षीको रुपमा स. प्र. उ. समेनन्द बज्राचार्य, नोवेल मेडिकल कलेजका प्राचार्य डा. रामहरी घिमिरे र समन्वयकर्ताको रुपमा प्रा. स. प्र. नि. डा. महिमा सिटौलाको हस्ताक्षर रहेको छ ।

