काठमाडौँ । वर्तमान शासन व्यवस्थाको विकल्पमा राष्ट्रपतीय प्रणालीमा जानुपर्ने वक्ताहरुले जोड दिएका छन् । आज (मंगलबार) काठमाडौंमा आम जनता पार्टीले गरेको ‘गणतन्त्र कस्को ? दलको कि जनताको’ विषयक सर्बपक्षीय अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले यस्तो आवश्यकत्ता औंल्याएका हुन् ।आम जनता पार्टीका अध्यक्ष प्रभू साहले ठूलो बलिदानीबाट प्राप्त गणतन्त्र मुट्ठीभरको स्वार्थमा सिमित भएकोले यसको विकल्प खोज्न जरुरी भएको बताएका छन् । अहिले देशमा वर्तमान व्यवस्था जनताको पक्षमा नरहेको बताउँदै भने,“आम जनता लाचार, तर दलका नेता र तिनका सिमित आसेपासेहरु मालामाल रहेको कहालि लाग्दो स्थितिलाई हामिले कहिलेसम्म सहने ।”
वर्तमान लुटकारी चरित्रको दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्नेमा अध्यक्ष साहको जोड छ । “यो विकृत संसदिय व्यवस्थाको समुल नस्ट गर्दै आम जनताको सर्बोच्चतासहितको शासन–सत्ता ल्याउन तेस्रो जनआन्दोलनको अपिल गर्दछौं ।” उनले भने ।क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धमेन्द्र बास्तोलाले वर्तमान संसदिय व्यवस्था दलालहरुको कब्जामा रहेको जिकिर गर्दै, यसको निकासका लागि बिद्रोह गर्नुपर्ने धारणा राखे । बास्तोलाले अहिलेको खिचडि र स्वार्थ केन्द्रीत व्यवस्थामा रहेर देश बरबाद भन्दा केही नहुने दाबी गरे । “यसको परिधिमा रहेर प्रचण्ड,केपी, प्रभू साह वा स्वयम म आफै भएपनि केही हुनेवाला छैन,” बास्तोलाले थपे ।

