काठमाडौं पुस। नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटबारे सैद्धान्तिक सहमति जुटेको छ ।नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसँगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको वार्तामा प्रमुख दल बाँडफाँटबारे समेत सैद्धान्तिक सहमति जुटेको छ ।
एमाले, माओवादी मिलेसँगै ५ प्रदेशमा पनि उनीहरुको सरकार बन्नेछ । जनमत पार्टी र नागरिक उन्मुक्ति पनि थपिँदा सातै प्रदेशसमा यो गठबन्धनको सरकार बन्नेछ । केन्द्र र प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्री लगायतका पद बाँडफाँटमा भोलि सम्वाद हुने एक नेता बताउँछन् ।
ADVERTISEMENT

