
कार्यक्रममा महासङ्घका अध्यक्ष ठाकुर भण्डारी महासङ्घले वन जङ्गल संरक्षण क्षेत्रमा गरेको योगदानबारे चर्चा गर्दै सामुदायिक वनमा देखिएका नीतिगत चुनौती समाधानमा सरकारले सहयोग गर्नुपर्ने माग गरे ।हाल देशभर २२ हजार सात सय ६० सामुदायिक वन हस्तान्तरण भएको बताउँदै उनले ३१ लाख ६८ हजार चार सय ४९ घरधुरीले २३ लाख १८ हजार आठ सय ११ हेक्टर वनको व्यवस्थापन गर्दै आएका जानकारी दिए ।