राष्ट्रिय जनमोर्चाले असोज ४ र ५ गते राष्ट्रिय परिषद् बैठक गर्ने
zeenepal
२०८१ जेष्ठ ३१,
6
Shares
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले असोज ४ र ५ गते राष्ट्रिय परिषद् बैठक गर्ने निर्णय गरेको छ । जेठ २८ गतेदेखि २९ गतेसम्म काठमाडौँमा बसेको जनमोर्चाको केन्द्रीय समिति बैठक सो निर्णय गरेको हो ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै बैठकले बुटवलमा राष्ट्रिय परिषद् बैठक गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।बैठकले असार १४ गते सङ्घीयता तथा भ्रष्टाचारको विरोधमा देशव्यापी कोणसभा तथा विरोध सभा गर्ने निर्णय समेत गरेको छ ।
साथै बैठकमा मुलुकको विद्यमान राष्ट्रिय राजनीतिक परिस्थिति र भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनबाट देखा परेको परिणामका विषयमा समेत छलफल भएको विज्ञप्तिमा जनाइएको छ । बैठकले यीसहित १२ वटा निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।