
उनले सांसदहरुको भूमिका वडाध्यक्षको जति पनि नभएको बताउँदै सांसदको गरिमा कायम गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘म बढो लज्जाका साथ भन्न चाहन्छु, कतिपय मामिलामा आजका हामी सांसदहरु भन्दा वडाध्यक्षहरुलाई अझ बढी सक्रिय देख्छन् । यो कुरालाई सरकारले नोट गर्नुपर्छ । सांसद र संसदको गरिमा रक्षा गर्नु हाम्रै कर्तब्य हो । यो काम संसदले गर्न सकेको छैन, यसमा मलाई दुःख लागिरहेको छ ।’