काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले मनोनयन प्रणाली अन्त्य गर्ने बताएका छन् ।अनेरास्ववियु क्रान्तिकारीको चौथो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागू गरिने बताएका हुन् ।प्रचण्डले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।’अध्यक्ष प्रचण्डले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिंदै एकीकृत पार्टीको नेतृत्व माओवादीले गर्न सक्नुपर्ने बताए ।