काठमाडौँ — नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमी प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर राजदूत हासमीले प्रधानमन्त्री दाहाललाई भेटेका हुन् ।
भेटका अवसरमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक तथा सामाजिक सहयोगका क्षेत्रमा छलफल भएका पाकिस्तानी दूतावासले जनाएको छ ।
ADVERTISEMENT