कपिलवस्तु बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा अंवशिखा बीबीएसमा नेपाल प्रथम
zeenepal
२०८१ जेष्ठ ३२,
3
Shares
धनी राम काेरी ताैलिहवा , जेठ ३२ कपिलवस्तु : त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त कपिलवस्तु बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा बीबीएस सङ्कायमा नेपाल प्रथम् भएकी छिन् । बीबीएस सङ्कायको प्रथम बर्ष (२०७९) काे बार्षिक परीक्षाको नतिजामा कपिलवस्तु बहुमुखी क्याम्पसकी विद्यार्थी अंवशिखा बर्मा नेपाल प्रथम भएकी हुन् ।
उनले सो सङ्कायको प्रथम बर्षकाे बार्षिक परीक्षामा ४०४ (८०.८०%) उत्कृष्ट अंक ल्याएर नेपाल प्रथम भएकी छिन । बिगत लामो समयदेखि कपिलवस्तु कै एक नेतृत्वदायी एवं प्रतिष्ठित शैक्षिक धरोहरको रुपमा स्थापित कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवाले विगतमा पनि धेरै राम्रो अंक ल्यार पास भएको क्याम्पस प्रमुख डा. विनय पाण्डेयले बताउनु भयो । पाण्डेयले भन्नू भयो कि विगतमा पनि कपिलवस्तु बहुमुखी क्याम्पस विगतमा सलाेनी पाण्डेय प्रदेश भएकी थिन ।
जिल्ला , प्रदेश र राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । । हरेकक क्षेत्रमा क्याम्पस राम्रो रहेको कुरा बताउनु भयो । कपिलवस्तु बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगद्वारा क्युएए (QAA) प्रमाणपत्र समेत प्राप्त गरिसकेको छ ।