पर्सा प्रहरी द्वारा गाई गोठमा छापा, गाँजा सहित चौधरी पक्राउ
zeenepal
२०८१ असार ३,
93
Shares
दीपेन्द्र प्रजापतिरबीरगंज असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार दिउँसो करिब ०४स्०० बजेको समयमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं ०४, भथौडा बस्ने वर्ष २३ को अमित कुमार चौधरीले आफ्नै गाई गोठमा प्रतिवन्धित लागु औषध गाँजा लुकाइ छिपाइ राखिएको अवस्था बाट पक्राउ गरेको छ ।
उक्त दिन त्यस कार्यालय बाट खटिएको प्रहरी टोलीले कानूनी रितपुर्याइ खान तलासी गर्दा उक्त गोठको भुषमा लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ७ पोकामा २२ के जी ४ सय ९० ग्राम फेला परेकोले निज अमित कुमार चौधरीलाई उल्लेखित परिमाणको गाँजा सहित नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको कुरा आज पर्सा प्रहरी का प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।