![](https://zeenepaltv.com/wp-content/uploads/2022/06/nnnnnnnnnnnn.jpg)
मूल्य निर्धारण नगरिएका औषधिको हकमा स्वदेशी वा विदेशी कम्पनीको सन्दर्भ मूल्य र अन्य ब्रान्डको मूल्यका आधारमा अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण हुँदै आएको छ । यी औषधिको मूल्य उद्यमी र व्यापारीको तजबिजमा निर्धारण हुन्छ । ‘औषधिको मूल्य समायोजनसम्बन्धी कार्यप्रक्रिया २०७९’ स्वीकृत भएमा हाल बजारमा बिक्री भइरहेका स्वदेशी तथा विदेशी कम्पनीका औषधिको मूल्य १५ प्रतिशतसम्म बढ्नेछ ।
पार्टीले राजीनामा दिन भनेपछि स्वास्थ्यमन्त्री खतिवडा यो निर्णय सकेसम्म छिटो गर्ने प्रयत्नमा रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । त्यस्तै सचिव पोखरेलले पनि मूल्यवृद्धिको विषयमा प्रतिक्रिया दिन मानेनन् । विभागका सूचना अधिकारी सन्तोष केसीले भने कार्यविधि वा निर्देशिका बनाउँदा ढिलाइ हुने र मन्त्रिपरिषद्बाट स्वीकृति गराउनुपर्ने भएकाले तत्काल सहजताका लागि कार्यप्रक्रिया बनाइएको जिकिर गरे । ‘मन्त्रीस्तरीय निर्णयबाट काम सम्पन्न गर्न कार्यप्रक्रिया अघि बढाइएको हो, अझ व्यापारीहरूको माग २० प्रतिशत थियो, हामीले उल्टो १५ प्रतिशत बनाएका हौं,’ उनले भने, ‘कार्यविधि पटक–पटक फिर्ता भएपछि कार्यप्रक्रिया बनाइएको हो, निर्णयमा सहजताका लागि यो प्रक्रिया बनाइएको हो ।’