काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने बताएका छन् ।आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन योजनाबारे छलफल गर्न शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘मानिसले मौद्रिक नीतिले सार्वजनिक वित्त नीतिलाई सपोर्ट गर्छ कि गर्दैन भनेर टिप्पणी गरिरहेको सुनिन्छ । विगतमा पनि त्यस्तो टिप्पणी हुने गरेका थिए,’मन्त्री पुनले भने,नेपाल राष्ट्र बैंक राज्यकै निकाय भएकाले वित्त नीतिभन्दा फरक हुँदैन भन्ने विश्वास छ ।
नीतिगत एकरूपता भएपछि अनावश्यक टिप्पणी र आशंका गर्ने ठाउँ हुँदैन । नतिजा पनि राम्रै आउँछ ।मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकले आगामी आर्थिक वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि ७ प्रतिशतसम्म आर्थिक वृद्धि हुने आधार देखिएको उल्लेख गरे ।
ADVERTISEMENT

