प्रधानमन्त्रीले संसदमा आएर गल्ती स्वीकार्नु सकारात्मक : नेम्वाङ
zeenepal
२०८० असार २५,
6
Shares
काठमाडौं। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले गरेको स्वीकारोक्तिका लागि धन्यवाद दिएका छन् । प्रधानमन्त्रीले संसदमा आएर आफ्नो गल्ती स्वीकार गर्नु सकारात्मक रहेको उनको भनाइ छ ।एमालेलाई लक्षित गर्दै प्रचण्डले संसद अवरोध किन भनी सोधेकाेमा नेम्वाङले भने, ‘उहाँले हामीलाई सोधेको प्रश्न नयाँ होइन । विगतमा उहाँहरु प्रतिपक्षमा बस्दा यही कुरा सत्तापक्षले सम्झाउनुपर्थ्यो । संविधानसभाकालमा त यसरी अवरोध गर्न नपाइने भनी नियम नै बनेको थियो .
संसद अवरोध गर्न नियमावलीले अनुमति नदिने भए पनि प्रधानमन्त्रीको अकूटनीतिक र असंवेदनशील राजनीतिक प्रतिवादस्वरुप आफूहरुले अवरोध गरेको उनको भनाइ छ । ‘अवरोध कानुनीभन्दा पनि राजनीतिक कुरा हो, जसलाई उहाँले आज आफैं आएर सम्बोधन गरिसक्नुभएको छ’, नेम्वाङले भने ।प्रचण्डले आफ्नो व्यक्तिगत र पारिवारिक विषयलाई संवेदनशील रुपमा उठाएको भए पनि प्रधानमन्त्रीका रुपमा दिएका कतिपय जवाफ चित्तबुझ्दो नभएको उनले बताए ।एउटा बाबुको भावना कस्तो हुन्छ भनेर बुझ्न सकिएला, तर एउटा प्रधानमन्त्रीको भावनालाई भने त्यस्तो जवाफले पूर्ण रुपमा सम्बोधन गर्दैन’, नेम्वाङले भने ।