
एमालेसँग समीकरण गर्ने कुरा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल निर्णय नभएको उनको भनाइ थियो । ‘संविधान सुधार नगरी देश चल्न सक्दैन भनेर हामी सबैले कुरा गर्यौँ, नागरिक समाजले पनि कुरा गर्न थाल्यो,’ उनले भने, ‘ त्यसपछि कांग्रेस र एमालेबिच समीकरणको कुरा अगाडि बढेको हो ।
एमालेसँग केही समयअघि नै कांग्रेसले समीकरण गर्नुपर्नेमा ढिलो भएको पनि कोइरालाले बताए। ‘कोशीमा एमालेसँग समीकरण पनि गरिएको थियो। त्यस बेला मलाई पार्टीमा नेताहरूले गाली पनि गरे,’ उनले भने, ‘ त्यहीबेला केन्द्रमा पनि गठबन्धन गरेको भए अहिलेको अवस्था त आउँदैनथ्यो।’कांग्रेस र एमाले मिलेर सरकार बनाउने राम्रो पक्ष भएको कोइरालाले बताए । उनले भने, ‘संविधान सुधार गरेर अघि जान एमालेसँग समीकरण गरेको हो । प्रदेशदेखि केन्द्रसम्मका सरकार परिवर्तन भइराख्यो, ठुला दल एक ठाउँमा उभिएर राजनीतिक स्थायित्व दिन खोजिएको हो।’