काठमाडौं ३० जेठ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको छ ।मनसुन सुरु भइसक्दा पनि गृहमन्त्री खाँणले चासो नदिँदा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०७९’ स्वीकृत नभएको भन्दै आलोचना भइरहेका वेला सोमबार समितिको बैठक बसेको हो ।
बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायहरुको आपतकालीन सम्पर्क नम्बरहरु सर्वसाधरणसम्म पुग्नेगरी संचार गर्न सुझाव दिए । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपद् सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा राखिन् ।
बैठकमा विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरुले आफ्ना निकायबाट भएका पूर्वतयारीका अवस्था तथा प्रतिकार्यको योजनाबारे जानकारी गराएका थिए ।
ADVERTISEMENT