काठमाडौं। दुई वर्षअघि पार्टी एकता गरेका साना माओवादी घटकहरु फेरि फुटेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोला कन्चनले मंगलबार एक वक्तव्य निकाल्दै फुटको घोषणा गरेका हुन् ।
माओवादी फुटेर मोहन वैद्य हुँदै विप्लव नेतृत्वको माओवादीमा पुगेका बाँस्तोलाले आफ्नै नेतृत्वमा नेकपा जनमत गठन गरेका थिए । दुई वर्षअघि ०७९ साउन २० गते उनी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी बीच एकता भएको थियो ।अहिले फेरि फुट्दाखेरि बाँस्तोलाले वैद्य नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने ठोकुवा गरेका छन् ।वैज्ञानिक समाजवादकै कार्यदिशा मानेर जाने निर्णय गरे पनि बहसको प्रक्रियालाई अनुसन्धानमूलक र रुपान्तरणकारी बनाउने प्रयासमा अवरोध गरिएको उनले आरोप लगाएका छन् ।
ADVERTISEMENT

