
अहिले देशको अवस्था जस्तो भए पनि भविष्य भने उज्वल रहेको प्रधानमन्त्री ओलीले बताए । यसमा कुनै शङ्का नगरी देश निर्माणको काममा लाग्न ओलीले आग्रह गरे । 'देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ । यसमा कुनै शङ्का नगरी देश निर्माणका सबै एकजुट भएर लाग्नुपर्छ', उनले भने ।
प्रधानमन्त्री ओलीले इञ्जिनियर देश बनाउने हात भएकाले देश निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरु देखाउन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा जोड दिए ।