काठमाडौँ — काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयहरू विरोधमा उत्रिएका छन् । उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको बाटोमा सडक काट्न सुरु गरेको थियो ।त्यस्तै महानगरले जुद्ध शालिकदेखि दक्षिणतर्फको धर्मपथमा पनि फुटपाथ विस्तार गर्ने तयारी गरेपछि स्थानीयहरू विरोधमा उत्रिएका हुन् ।