काठमाडौँ — कांग्रेस र एमाले गठबन्धन भई सरकार गठन भएसँगै संघीय संसद् सचिवालयका ५० जना करार र ज्यालादारीका कर्मचारी हटाएको भन्दै प्रतिनिधिसभामा सांसदहरूले आपत्ति जनाएका छन् प्रतिपक्षी राप्रपा सांसद रोशन कार्कीले भनिन्, 'संसद् सचिवालयका ५० जना करार र ज्यालादारीका कर्मचारीहरूले अस्ति शुक्रबार पूर्जी पाए । उनीहरू १० देखि ५ वर्ष हामीलाई सहयोगीको रूपमा काम गरिरहेका थिए यो सरकार आएपछि हठात् हटाइए । उनीहरूले आफ्ना छोराछोरी बाउआमालाई कसरी पाल्छन् ? अहिलेको मन्दीको बेला कहाँबाट जागिर पाउने ।ती कर्मचारीहरूलाई खाडी जाउ भन्न खोजेको हो सरकारले भनेर सांसद कार्कीले प्रश्न गरिन् । सहरी विकास मन्त्रालयका मन्त्रीले तत्काल उक्त निर्णय उल्ट्याउनुपर्ने सांसद कार्कीको माग थियो ।
'५० जना कर्मचारीलाई हटाएर ५० अन्यलाई राखिएको छ । आफ्नो भर्तिकेन्द्र बनाउन खोजेको हो ? कसरी सुशासन हुन्छ, कसरी कर्मचारीलाई राहत हुन्छ ?,' उनले भनिन् । सहरी विकास मन्त्रालयका सचिवको उक्त काम हुनसक्ने आशंका गर्दै सांसद कार्कीले हटाइएका कर्मचारीलाई तत्काल पुनर्बहाली गर्न माग गरिन् ।
त्यस्तै, रास्वपाका सांसद हरि ढकालले सरकार परिवर्तन भएसँगै संसद् सचिवालयमा कार्यरत कर्मचारी हटाएकोमा आपत्ति जनाए । उनले भने, 'संसदीय प्रणालीमा हामीलाई सघाउने करारका कर्मचरीहरूलाई किन यस्तो असभ्य व्यवाहार गरिएको छ नयाँ सरकार आएसँगै काम गुमाएका संसद् सचिवालयका कर्मचारीलाई हटाउने निर्णय खारेज गर्न सांसद ढकालले माग गरे ।

