काठमाडौं । माल्दिभ्समा जारी काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज सेमिफाइनलमा कीर्गिस्तानसँग खेल्दैछ ।लिग चरणमा दोस्रो भएको कीर्गिस्तान र तेस्रो भएको नेपालबीचको खेल आज राति नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ । यो खेलको विजेता फाइनल पुग्नेछ । त्यसअघि लिगमा पहिलो भएको श्रीलंका र चोथै भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल हुनेछ ।
आज नेपालसामु कीर्गिस्तानविरुद्ध लिग चरणमा बेहोरेको हारको बदला लिने अवसर छ ।नेपाली टोली सेमिफाइनल खेललाई लिएर उत्साहित छ । आजको खेल जसरी पनि जित्दै फाइनल पुग्ने नेपालको लक्ष्य छ ।
ADVERTISEMENT