
विज्ञानलाई व्यवहारमा लागु गर्नेगरी काम गर्न आवश्यक रहेकोसमेत मन्त्री भट्टराईले बताएकी छन् । चीनबाट आएका प्रा. बिङ डिङले नेपालको शैक्षिक संस्थाको प्रशंसा गरे । उनले भने, ‘हामी मिलेर ग्राउन्डब्रेकिङ रिसर्चका लागि बाटो बनाउन सक्छौँ ।’ मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवप्रसाद गौतमले सम्मेलनलाई ज्ञान आदानप्रदानका लागि महत्त्वपूर्ण मञ्चका रूपमा उपयोग गरिने जानकारी गराएका छन् ।
सम्मेलनको अध्यक्षता गरिरहेका प्रा. डा हेमराज पन्तले जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यजस्ता समस्या समाधानका लागि सामूहिक प्रयासको महत्त्वलाई जोड दिए । उनले तीन दिनसम्म चल्ने सम्मेलनमा विज्ञानले देखाएका चुनौतीहरूको दिगो समाधान खोज्ने प्रतिबद्धताको लागि आह्वान गरे । ‘हामी सबैलाई सामना गर्ने चुनौतीहरूको नवीन जवाफ खोज्दै यो यात्रा सँगै अघि बढौँ,’ उनले आग्रह गरे ।सम्मेलनमा चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान र संयुक्त राज्य अमेरिका लगायतका देशहरूका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ ।