
मन्त्री खड्काले निर्माण क्षेत्रमा भएका समस्याको निर्माण व्यवसायी र सरकार मिलेर समाधान गर्न आवश्यक रहेको बताए । उनले निजी क्षेत्र बिना मुलुकको विकास सम्भव नभएको बताए । उनले स्थिर सरकार बनेकाले सबैले बधाई भन्नेगरी काम गर्ने इच्छा रहेको बताए । निर्माण व्यवसायीहरूले ऊर्जा मन्त्रीलाई निर्माण व्यवसायीहरूको रकम भुक्तानीको लागि रकमान्तर नहुने गरी सहजिकरण गर्न माग गरेका छन् । व्यवसायीहरूले निर्माण क्षेत्रको भुक्तानीको लागि जिम्मेवार मन्त्रालयका सचिवलाई नै जिम्मेवारी दिन आवश्यक रहेको बताए ।