नेपालगञ्ज ३० जेठ। नापी कार्यालयको नियमित कामकाज अनिश्चित कालका लागि बन्द भएको छ । शनिवार बेलुकी ७ः३० बजेको समयमा कार्यालयमा आगलागीमा परि कम्यूटरमा क्षति पुगेपछि अर्को सूचना जारी नहुँदासम्म नियमित कामकाज अनिश्चित कालका लागि बन्द गरिएको नापी कार्यालयले जानकारी दिएको छ ।
नापी कार्यालयले आइतवार एक सूचना जारी गरि कार्यालयको डाटा, सर्भर र नेटवर्किङमा क्षति पुगेकोले नियमित काम गर्न नसकिने जनाएको छ । ‘विद्युत सर्ट भई भएको आगलागीमा परि कार्यालयमा रहेको डाटा, सर्भर र नेटवर्किङ ध्वस्त भएकोले डाटा, सर्भर तथा कार्यालयको नेटवर्किङ सिस्टम पुनस्र्थापित गर्न केहि समय लाग्ने भएकोले यस कार्यालयबाट दिइँदै आएको सेवाहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको ब्यहोरा सर्वसाधारण, सवै जग्गा धनी महानुभावमा जानकारी गराइन्छ,’ प्रमुख नापी अधिकृत सहदेव सुवेदीद्वारा जारी सूचनामा भनिएको छ ।
ADVERTISEMENT